मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम  « Khabarhub

मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम 


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो ।

नासों गाँउपालिका-३ स्थित बेँसीसहर-मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवीन भण्डारीले जानकारी दिए। ‘इलाका प्रहरी कार्यालय धारापानीको आयोजनामा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी चालक, सहचालक र स्थानीयवासीलाई सचेत गराइएको हो’,भण्डारीले भने, ‘जोखिम सडकमा यात्रा गर्दा सचेतना बढी अपनाउनुपर्ने हुन्छ। यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।’

वर्षायाम सुरु हुन लागेकाले जिल्लामा सवारी आवागमन बढ्ने उनले बताए। दुर्घटनारहित सुरक्षित यात्रा गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । हिउँदमा चिसो छल्न जिल्ला बाहिर गएका जिल्लावासी फर्किने क्रम सुरु भएको छ ।

 यसले गर्दा अब जिल्लामा सवारी आवागमन र पर्यटक आउने उपयुक्त मौसम सुरु भएकोले पर्यटक सवारी बढ्न सक्ने हुँदा सुरक्षित बनाउन सचेतना कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  २ : ५० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम