प्रदेश १ को नामाकरण : विराटनगरमा निषेधाज्ञा लागू « Khabarhub

प्रदेश १ को नामाकरण : विराटनगरमा निषेधाज्ञा लागू


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सम्भावित अवस्थालाई मध्य नजर गर्दै विराटनगरमा ३ बजे देखी निषेधाज्ञा लागू गरिएको छ । प्रदेश संसद् सचिवालयमा प्रदेश १ को नामाकरणको प्रक्रिया सुरु भए पछि सम्भावित झडप, जुलुसलगायतका कार्यक्रम गरी अवरोध गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक सूचना जारी गरी प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएको जनाउँदै निषेधाज्ञा जारी गरेका हुन । 

‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९-११-१७ गते दिउँसो ३:०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क)  बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छु सूचनामा भनिएको छ ।  

सूचना अनुसार सो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको भनाई छ । प्रशासन कार्यालयका अनुसार अपरान्ह दिउँसो ३ बजे देखी अर्को आदेश नभएसम्म विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीका निवास वरपर सो निषेधाज्ञा जारी रहनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  २ : २७ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको