जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते | Khabarhub Khabarhub

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरिया– पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किँदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका