कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन « Khabarhub

कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९-०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा उनले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी केन्द्रित हुनुपर्ने बताए । लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

‘जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘पूर्वाधारको विकासले मात्रै मुलुक समृद्ध बन्दैन । जबसम्म जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम हामी गर्दैनौँ तबसम्म जनताले परिवर्तनको महसुस गर्न पाउँदैनन् । यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ ।’

परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रूपमा लिएको भन्दै उनले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिए। उनले भने, ‘प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो तर कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौँ, यो दुःखद विषय हो ।’

मुख्यमन्त्री गिरीले उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्ने विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्ने बताए । कृषिसँगै वनसम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो । स्थानीय तहको सहभागितामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वनसम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । 

लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म २४ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आवको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए। उनका अनुसार चालु खर्च २८ दशमलव ८९ र पूँजीगत खर्च २० दशमलव ९८ प्रतिशत रहेको छ ।   

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ३२ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज