पाकिस्तानको बलुचिस्तानमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द | Khabarhub Khabarhub

पाकिस्तानको बलुचिस्तानमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द भएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारले बलुचिस्तानको एकमात्र सेनर क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द गरिदिएको बलुचिस्तान पोस्टले जनाएको छ ।

प्रान्तको राजधानी क्वेट्टामा रहेको सेनर क्यान्सर अस्पतालमा पछिल्लो दुई महिनायता औषधिको आपूर्ति ठप्प रहेको जनाइएको छ । यसअघि बलुचिस्तान उपदान कोषबाट उक्त क्यान्सर अस्पतालमा औषधिका लागि खर्चको जोहो हुँदै आएको थियो ।

औषधि नपाएका कारण उपचारका लागि अस्पताल आएका एक सयभन्दा धेरै बिरामी निराश हुँदै घर फर्किन बाध्य भएको अस्पतालका वरिष्ठ चिकित्सक डा. फेरोज खान अचाक्जाईले जनाएका छन् ।

उक्त अस्पतालले प्रान्तका न्यून आय भएका बिरामीलाई सेवा दिँदै आएको छ । यसबारे पाकिस्तानको स्वास्थ्य विभागका अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले मुलुकमा जीवनदायी औषधिको चरम अभाव रहेको जनाएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : १७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले