भिन्चेन्जो अल्बर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त « Khabarhub

भिन्चेन्जो अल्बर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एन्फाको आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए ।

यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ३० बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने