देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ : अध्यक्ष बिजुक्छेँ « Khabarhub

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ : अध्यक्ष बिजुक्छेँ


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा आजदेखि यहाँ आयोजित दुईदिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए । स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने तथा स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन सके मात्रै अर्थतन्त्र बलियो हुने उनको भनाइ छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको उल्लेख गर्दै मेला लगायतका गतिविधिले पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्नसमेत टेवा पुग्ने बताए ।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिएको बताए ।

दुई दिनसम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकला, हस्तकलाका सामग्री, नेवारी खाजा कक्ष र सांस्कृतिक प्रस्तुति रहेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र पर्यटन विकास समितिको सह आयोजनामा भएको उक्त मेलामा नगर प्रमुख प्रजापतिको नेतृत्वमा सांस्कृतिक र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : ३३ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित