एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने « Khabarhub

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बारा–२ मा भने स्थानीय राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आइतबारसम्म उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको गुरुङले बताए ।

रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले संवाद गर्न समिति बनाइएको उनले जानकारी दिए । बैठकले मिटरब्याजी पीडितको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रचलित कानून बिपरित मिटरब्याज उठाउनेलाई कानूनी कारवाही गर्न पनि बैठकले माग गरेको गुरुङले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले अप्रिल २२ मा पार्टी स्थापनाको ७५ वर्ष पुग्न लागेको अवसरमा वर्षैभरि कार्यक्रम गर्नका लागि सचिवालय सदस्यहरुसँग आवश्यक सुझाव लिने र सुझावका आधारमा केन्द्रीय कार्यालयले वार्षिक कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : ५४ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा