एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने « Khabarhub

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बारा–२ मा भने स्थानीय राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आइतबारसम्म उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको गुरुङले बताए ।

रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले संवाद गर्न समिति बनाइएको उनले जानकारी दिए । बैठकले मिटरब्याजी पीडितको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रचलित कानून बिपरित मिटरब्याज उठाउनेलाई कानूनी कारवाही गर्न पनि बैठकले माग गरेको गुरुङले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले अप्रिल २२ मा पार्टी स्थापनाको ७५ वर्ष पुग्न लागेको अवसरमा वर्षैभरि कार्यक्रम गर्नका लागि सचिवालय सदस्यहरुसँग आवश्यक सुझाव लिने र सुझावका आधारमा केन्द्रीय कार्यालयले वार्षिक कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : ५४ बजे

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका