चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय « Khabarhub

चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन– २ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ । बारा–२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उनको भनाइ छ । उनले उक्त निर्वाचन क्षेत्रमा भोलिसम्ममा उम्मेदवार तय गर्ने बताए ।

उपमहासचिवसमेत रहनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले वर्षभरि कार्यक्रम बनाएर मनाउने निर्णय गरेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ५० बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी