मुलुकको आर्थिक सङ्कटको समाधान गर्न एमालेको ध्यानाकर्षण « Khabarhub

मुलुकको आर्थिक सङ्कटको समाधान गर्न एमालेको ध्यानाकर्षण


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक सङ्कट र मिटरब्याजपीडित नागरिकका समस्या सम्बन्धमा छलफल गर्दै ती समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले मौद्रिक तरलताको सङ्कट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरूको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र कायम राख्नसमेत सरकारसँग माग गरेको छ ।

“मिटरब्याजबाट पीडित नागरिक काठमाडौँ आई धर्नामा बसेको र उनीहरू शारीरिक एवं मानसिक पीडाका कारण बिरामी पर्दै गएको स्थितिप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ”, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “मुलुकको प्रचलित कानुन र वित्तीय प्रणालीका मान्यताविपरीत सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटरब्याज असुल गर्नु गैरकानुनी हो । यस सम्बन्धमा सार्वजनिक भएका कतिपय घटना अमानवीयसमेत छन् ।”

बैठकले मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिले घर–जग्गा गुमाउनुपरेको, कतिपयले मुद्दा–मामिला व्यहोर्नुपरेको, कतिपय जेलमा परेको, कतिपयले घर छाड्न बाध्य हुनुपरेको र कतिपय बालबालिकाले पढाइसमेत गुमाउनुपरेको यथार्थले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादोन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्तकै उपहास गरिरहेको निष्कर्ष निकालेको छ ।

“हाम्रो पार्टी यस समस्याको दिगो समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गर्दछ । प्रचलित कानुनविपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठह¥याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दछ। यस्तो काममा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न, उनीहरूले झुक्यानमा पारी कब्जा गरेका जग्गा–जमिन पीडितलाई फिर्ता गराउन र यस विषयमा मुद्दा लगाएर जेलमा थुनिएका या फरार हुन बाध्यहरूलाई उन्मुक्ति दिन माग गर्दछ” विज्ञप्तीमा उल्लेख छ ।

एमालेले स्थानीय पालिकाका न्यायिक समितिमा पीडितको गुनासो सुन्ने, विवरण सङ्कलन गर्ने र त्यसका आधारमा सरकारले आवश्यक कानुनी कारबाही अगाडि बढाउने व्यवस्था गर्नसमेत माग गरेको छ । बैठकले मुलुकको अर्थतन्त्र सबै क्षेत्रमा सङ्टग्रस्त बन्दै गएको, व्यापार घाटा निरन्तर बढ्दो र राष्ट्रिय उत्पादन निरन्तर ओरालो लागिरहेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ०८ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा