आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी « Khabarhub

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल वर्षाले प्रभावित हुँदा कोलकता नाइट राइडर्स पञ्जाव किंग्ससँग डिएलएसमा ७ रनले पराजित भएको छ ।

पञ्जाब्ले दिएको १९२ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि डिएल मेथडअनुसार पञ्जाब ७ रनले विजयी भएको थियो ।

कोलकोताका लागि आन्द्रे रसेलले ३५, वेंकटेश अय्यरले ३४, कप्तान नीतिश राणाले २४ र रहमनुल्लाह गुर्बाजले २२ रन बनाएका थिए । त्यस्तै, पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने साम कुरान, नाथन इलिस, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिएका थिए ।

त्यसअघि पञ्जावका लागि भानुका राजापाक्षले ३२ बलमा ५ चौका र २ छक्का मद्तमा सर्वाधिक ५० रन बनाए । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । यो जोडीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । यस्तै अर्का ओपनर प्रबसिमरन सिंहले २३, जितेश शर्मनले २१ र सिकन्दर राजाले १६ रन जोडे ।

कोलकताका टिम साउदीले २ तथा उमेश यादव, सुनिल नारिन र वरुन चक्रवर्तीले समान १ विकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५८ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड