एक सय १० जनाले गरे रक्तदान « Khabarhub

एक सय १० जनाले गरे रक्तदान


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् ।

तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । रेडियो अन्नपूर्णले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड, पोखरा इन्टरनेट प्रालि, ब्रिज सिमेन्ट प्रालिलगायत सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्य रहेको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताए ।

उनले मानिसहरूको भावनामा सकारात्मक परिवर्तन ल्याउन रेडियोले रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे। सोही अवसरमा आत्महत्या रोकथामसम्बन्धी कोशिस नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताका विजेता अनिशा अधिकारी, लक्ष्मी खत्री र प्रतिमा पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १० : ४५ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन