एक सय १० जनाले गरे रक्तदान | Khabarhub Khabarhub

एक सय १० जनाले गरे रक्तदान


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् ।

तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । रेडियो अन्नपूर्णले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड, पोखरा इन्टरनेट प्रालि, ब्रिज सिमेन्ट प्रालिलगायत सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्य रहेको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताए ।

उनले मानिसहरूको भावनामा सकारात्मक परिवर्तन ल्याउन रेडियोले रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे। सोही अवसरमा आत्महत्या रोकथामसम्बन्धी कोशिस नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताका विजेता अनिशा अधिकारी, लक्ष्मी खत्री र प्रतिमा पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १० : ४५ बजे

गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

काठमाडौं- गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज

बालुवाटारमा राप्रपाको प्रस्ताव : चुनावअगावै राजसंस्था, जेन–जी र दलहरूबीच नयाँ समझदारी गरौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार डाकेको विघटित संसदका ११ दलसँगको

पूर्वराष्ट्रपति भण्डारीको घरमा आगो : पक्राउ परेका सोनम थेबे युवासंघको सदस्य नभएको जिकिर

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका