मासु खाँदा ध्यान दिनुपर्ने कुरा « Khabarhub

मासु खाँदा ध्यान दिनुपर्ने कुरा


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मासुमा भएको पोषक तत्त्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वको अभाव पुरा गर्छ। तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ।

अन्यथा बिरामीसमेत पर्न सकिन्छ। जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन्। बढीमासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेको वा सुकुटी बनाएर राखेको मासु पनि धेरै खानु हुँदैन। यसरी राखिएको मासुमा संक्रमित हुने जोखिम धेरै हुन्छ।

मासुको सेवनमा जथाभावी गर्ने र होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण हामो शरीरमा डेढ सय भन्दा बढी प्रकारका रोगको संक्रमणको खतरा हुनसक्ने चिकित्सकको भनाइ छ।
मासु खाँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
– हामीले सकेसम्म पोलेको मासु खानु हुँदैन। साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वास्थ्यकर मानिन्छ।
– मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल लगायतका समस्या भएका व्यक्तिले बोसो नभएका मासु र उसिनेर मासु खानु राम्रो मानिन्छ।
– उसिनेको मासुमा थोरै जिराको धुलो र कागती राखेर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
– मासु खाएपछि एकै ठाउँमा बस्नु हुँदैन, मासु खाएपछि हल्का व्यायाम गर्नुपर्छ। लगभग आधा घण्टा हिँड्दा निकै लाभ हुन्छ।
– रातो मासु भन्दा स्वास्थ्यको लागि सेतो मासु फाइदाजनक मानिन्छ।
– बोसो कम सेवन गर्न चाहनेले कुखुराको भन्दा खसीको मासुबाट बोसो छुट्टाएर प्रयोग गर्दा राम्रो हुन्छ।
–  मासु खाइसकेपछि केही असहज महसुस भयो भने कागती पानी र ज्वानो पानी खान सकिन्छ।

कस्तो र कति मासु खाने त ?
– हामीले जहिले पनि ताजा र सफा मासु मात्र खानुपर्छ।
– हप्तामा एक पटक मात्र मासु खानु निकै लाभदायी मानिन्छ।
– मासु खाँदा छाला नखानु स्वास्थ्यको लागि राम्रो हुन्छ।
– मासु पकाउँदा तेलको मात्रा ठिक्क मात्र लगाउनु पर्दछ।
– सकेसम्म मासु पोलेर खानु हुँदैन।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : २५ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख