नेपालको श्रमिक आन्दोलनको विरासत एमालेसँग मात्र छ : ओली | Khabarhub Khabarhub

नेपालको श्रमिक आन्दोलनको विरासत एमालेसँग मात्र छ : ओली


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग मात्रै रहेको बताएका हुन्।

‘नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो ’अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

‘२००३ सालमा भएको मजदुर आन्दोलनमार्फत राणाशाहीहरुलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने विरासत एमालेसँग छ ’ उनको सन्देशमा उल्लेख छ।

त्यसयता पनि एमालेको सरकारले मजदुरको पारिश्रमिकमा ३९ प्रतिशत वृद्धि गरेर औद्योगिक क्षेत्रलाई हड्ताल र तालाबन्दीमुक्त क्षेत्र बनाएको स्मरण गराएका छन्।

मजदुरको पारिश्रमिक बैंक मार्फत भुक्तानी हुने मात्र होइन आफू प्रधानमन्त्री हुँदा योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरिएको पनि स्पष्ट पारेका छन्।

एमालेलाई सरकारबाट हटाएपछि श्रमिकहरुको सम्मानित,सुरक्षित श्रम जीवन,स्वस्थ नागरिक,सीपयुक्त नागरिक र मर्यादित काममा अवरोध पुगेको अध्यक्ष ओलीको टिप्पणी छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ४८ बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन