नेपालको श्रमिक आन्दोलनको विरासत एमालेसँग मात्र छ : ओली « Khabarhub

नेपालको श्रमिक आन्दोलनको विरासत एमालेसँग मात्र छ : ओली


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग मात्रै रहेको बताएका हुन्।

‘नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो ’अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

‘२००३ सालमा भएको मजदुर आन्दोलनमार्फत राणाशाहीहरुलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने विरासत एमालेसँग छ ’ उनको सन्देशमा उल्लेख छ।

त्यसयता पनि एमालेको सरकारले मजदुरको पारिश्रमिकमा ३९ प्रतिशत वृद्धि गरेर औद्योगिक क्षेत्रलाई हड्ताल र तालाबन्दीमुक्त क्षेत्र बनाएको स्मरण गराएका छन्।

मजदुरको पारिश्रमिक बैंक मार्फत भुक्तानी हुने मात्र होइन आफू प्रधानमन्त्री हुँदा योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरिएको पनि स्पष्ट पारेका छन्।

एमालेलाई सरकारबाट हटाएपछि श्रमिकहरुको सम्मानित,सुरक्षित श्रम जीवन,स्वस्थ नागरिक,सीपयुक्त नागरिक र मर्यादित काममा अवरोध पुगेको अध्यक्ष ओलीको टिप्पणी छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ४८ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा