ओलीमाथिको आक्रमणमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

ओलीमाथिको आक्रमणमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड 


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको प्रस्टीकरण दिएका छन्  ।

चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोसी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो तर ओलीजीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो।’, प्रधानमन्त्री प्रचण्डले भने।

यसअघि नेकपा एमालेले संसद र सडकमा अध्यक्ष ओलीमाथि भएको आक्रमणमा सत्तारुढ दलकै संलग्नता रहेको भन्दै विरोध जनाएको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ३० बजे

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम – भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते