पुराना दलप्रति जनताको आशा मरेको छ « Khabarhub

पुराना दलप्रति जनताको आशा मरेको छ

‘हामीले काम बिगारेर मुलुक बर्बाद पारेका छैनौं’


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वैशाख १० को उपनिर्वाचनको परिणामले ठूला दललाई स्पष्ट सन्देश दिएको छ, ‘कि सच्चिनु होइन भने सकिनको निमित्त तयार हुनु।’ के ठूला दलहरूले यो सन्देशलाई सही ढङ्गबाट ग्रहण गरेका छन् ? यो सरकार ढलेर नयाँ सरकार बन्दै छ भन्ने खालको बजारमा हल्ला छ। राजनीति भनेको सरकार बनाउने र ढाल्ने कार्यमा ऊर्जा खर्च गर्ने थलो मात्र हो ? यी र यस्तै समसामयिक राजनीतिक विषयमा आधारित भएर नेकपा (एमाले)का नेता पूर्व मन्त्री शेरबहादुर तामाङसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

उपनिर्वाचनको परिणामलाई कसरी लिनुभएको छ ?
नेपाल अस्थिरतामा गएको छ। यो राजनीतिक नेता र राजनीतिक पार्टीले मात्र अस्थिरता निम्त्यो भन्ने होइन। नेपालको राजनीतिक सिनारियोमा हरेक १० वर्षमा केही न केही परिवर्तन हुन्छ। अहिले राजनीतिक परिवर्तन भइरहेको छ। एक खालको मान्छेमा केही गर्छ भन्ने आशा जनतामा पलाएको छ। अर्को खालमा वा पुराना दलमा आशाको दियो निभेको छ। जनताको चाहना फेरबदल भइरहन्छ। एमालेले बिगारेको चिज फेला पार्न हामीलाई गाह्रो नै परेको छ। काम गर्दा जिम्मेवारी गहन रुपले बहन गर्न सक्नुपर्छ। त्यसलाई गलत गर्ने व्यक्तिले आफू गलत भएको स्वीकार गर्नसक्ने क्षमता राख्नुपर्छ।

नेतामा जनतालाई नागरिक नै नठान्ने खालका धारण किन आएका हुन् ?
यो निर्वाचनमा हामीले गलत शैलीमा समाजको विकास गर्दैछौं। त्यसमा नकारात्मक समाज वा अर्कालाई गाली गरेर अर्काको खुट्टा काट्ने खालको मात्र सन्देश बढी गएको छ। राजनीतिमा पनि अर्कोलाई गाली गर्ने वातावरण सिर्जना भएको छ। एमालेको मान्छेले रविलाई गलत आरोप लगाएको तथा अन्य पार्टीले पनि गलत गर्न खोजेको देखिन्छ । त्यसकारण रविमाथि पश्न उठेर अनेक कार्यमा छिन्नबिन भएर फेरि चुनाव लडेर फेरि जितेर आएको अवस्था छ। शासकीय स्वरूपमा परिवर्तन गर्नु नै पर्छ। त्यसले यो मुलुकको दुई खर्ब रुपैयाँ जोगाउन सहयोग गर्छ। त्यो विकासमा खर्च हुन्छ।

देश र जनताको समस्यामा केन्द्रित राजनीति कि हुन सकेन ?
यो देशमा पुँजीगत खर्च हुँदैन। खर्च भए पनि कम हुन्छ। देशसँग पैसा नै भएन। भएको पैसा तलब भत्तामा नै जान्छ। कागजी योजनामा पैसा बाँडेर हिँड्नुपर्ने अवस्था छ। विस्तारै त्यसमा कमी भएको छ। त्यसमा शीर्षक फ्रिज हुन्छ, पैसा फ्रिज हुँदैन।

दलहरू आपसमा मिलेर सहकार्य गर्नु नै सच्चिनु हो। तर त्यो बोलीमा मात्र रहेको छ, किन ?
शासकीय स्वरूपको डिफेकले गर्दा असर पर्न जान्छ। कुनै एउटा पात्रले कुनै स्थानको जिम्मेवारी लिएपछि त्यसको परिपालना गर्न सक्नुपर्छ। त्यसको लागि क्षमता आवश्यक पर्ने हुन्छ। जुन कार्यको लागि रणनीति अपनाएर अगाडि बढ्न सक्नुपर्छ। सबै मिलेर सरकार चलाउँदा के कस्ता कार्य योजना बनाउँदा देशको विकास गर्न सकिन्छ।

तपाईंहरूले जनताको पक्षमा कार्य गर्दा गर्दै पनि जनताले रुचाउन छाडेको अवस्था हो त ?
जनता सार्वभौमसत्ता सम्पन्न छन्। जनता महान् छन् उनीहरुले गरेको योजनामा हामी साथ दिनेछौं। जनताले अभिमत जाहेर गरेपछि हामी सहमति तथा साथ दिने काम गर्छौँ।

अब तपाईंहरू सच्चिन सक्नुहुन्न भने सकिन तयार हुने हो ?
नेपालको राष्ट्रिय आय कमजोर छ। हामीसँग जबसम्म अर्थतन्त्र बलियो हुँदैन तबसम्म केही कार्य अगाडि बढाउन सकिँदैन। मुलुकको अर्थतन्त्रको सुधार नभएसम्म जनताको अपेक्षा पुरा गर्न सम्भव नै छैन। त्यो गर्नको लागि एजेन्डामा नै जानुपर्छ। नेपालमा रहेको पानीको कारण नै नेपाल विश्वको धनी देशको रूपमा रहेको छ। तर त्यसको सदुपयोग भएको छैन।

शिक्षा व्यवसायी भन्दा माफियाकरण भएको छ। शिक्षालाई यसरी नाफाको विषय बनाउन दिने या नदिने ?
दुई वटा शिक्षालाई पाठ्यक्रम एउटै गरिदिए हुन्थ्यो। शिक्षाको आन्दोलन कहाँ पुग्यो ? यो गम्भीर प्रश्न छ। हिजो राजनीतिक परिवर्तनको लागि थियो। कुनै एउटा स्थानबाट अर्को स्थानमा सरुवा गर्ने खालको सिस्टम बनाएमा सुधार हुने थियो। तर हामीले त्यो गर्न सकेका छैनौं।

सबैमा सुधार गर्न सकिन्छ तर दलको चिन्तनमा कसरी सुधार गर्ने ?
दलको चिन्तन होइन। दल त सबैले राम्रो बनाउँछु भनेर आएका हुन्। त्यो व्यक्तिले गर्ने हो। व्यक्तिको चिन्तनमा नै खराबी रहेको छ। अनि कहाँ बाट देशको विकास हुन्छ ?

सरकारबाट देशको भलो हुने आधार देख्नु हुन्छ ?
अन्य कुनै पार्टी आउनु नै हुँदैन भनेको होइन। एमालेको कोणबाट हेर्दा हामीले धेरै नचाहिँदो बिगारेर मुलुकलाई बरबाद पारेका छैनौं। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति: कुसुम गौतम

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ४९ बजे

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने