श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताए ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गरेर सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ ।

शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै मुख्यमन्त्री पाण्डेले ती समस्या क्रमैसँग समाधान गर्दै मजदुर वर्गको हक, हित र सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउनेमा जोड दिँदै उहाँले देशविदेशका सम्पूर्ण नेपाली दिदीबहिनी-दाजुभाइमा विश्वभरका श्रमिकको अधिकार स्थापित भएको यस दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ३४ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी – जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं – बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा

आयातमा २५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको निर्णयले शेयर मार्केट प्रभावित

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर