उज्बेकिस्तानमा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग « Khabarhub

उज्बेकिस्तानमा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तास्कन्द- मध्य एसियाली मुलुक उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्नेगरी गरिएको संवैधानिक परिवर्तनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् । त्यहाँ आयोजित जनमत सङ्ग्रहमा करिब ८५ प्रतिशत मतदाता सहभागी भएको बताइएको छ । मतदानको नतिजाबारे प्रतिक्रिया जनाउँदै अधिकारवादी समूहहरूले सरकारको अधिनायकवादी प्रवृत्तिले असहमतिका लागि ठाउँ सीमित गरेको बताएका छन् ।

तत्कालिन शासक इस्लाम करिमोभको सन् २०१६ मा मृत्युपछि ६५ वर्षीय मिर्जियोयेभ राष्ट्रपति बनेका थिए । तीन करोड ५० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित मुलुकमा संविधान संशोधनले शासन व्यवस्था र जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ ।

तर पर्यवेक्षकहरूका अनुसार मिरजियोयेभलाई मुस्लिम बहुल देशमा सबैभन्दा बढी फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तावित परिवर्तनले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याउनेछ र उनलाई थप दुई कार्यकाल सेवा गर्न सक्ने आधार मतदानबाट मिलेको छ । यस संशोधनसँगै उनले सन् २०४० सम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : १७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको