श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् । उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालद्वारा आयोजित एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उनले श्रमिकले एक वर्षभरि काम गरेर पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्नु दुःखद रहेको बताए। अध्यक्ष लिङ्देनले श्रमिकले छोराछोरीलाई उचित शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा खर्च गर्न पनि नसक्ने भएकाले उनीहरूको परिवारको शिक्षा र स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान पुर्‍याउनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा नारामै सीमित छ । श्रमिक दिवस मनाइराख्दा श्रमिकको अवस्था हामीले बुझ्न जरुरी छ ।’ श्रमिकहरू कति मर्यादित, सुरक्षित, स्वस्थ छन् भन्नेतर्फ सरकार केन्द्रित हुन जरुरी रहेको धारणा उनले राखे । ट्रेड युनियनको आगामी आन्दोलन श्रमिका सुरक्षा मर्यादासँग केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले सबैखाले श्रमलाई सम्मान गर्नुपर्ने धारणा राखे। श्रमसँगै समयको पनि उत्तिकै महत्त्व भएकाले श्रमिकले श्रम र समयलाई ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ थियो । 

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष चिरागमान कुँवरले श्रमिकका लागि महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताए । श्रम ऐन, २०७४ मा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू गर्न चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ०० बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड