सेभियाले चुम्यो युरोपा लिगको उपाधि « Khabarhub

सेभियाले चुम्यो युरोपा लिगको उपाधि


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि चुमेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधि जीत हासिल गरेको हो। बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो।

ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो। यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो।

सो खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि कतैबाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १–० अन्तरमा रहन पुग्यो।

दोस्रो हाफको ५५औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को अवस्थामा आयो। तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो।

निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १–१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गोल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो।

यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो। सेभिया सात पटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ५३ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन