म्यानमारमा सेनाले छाड्न थाले जागिर | Khabarhub Khabarhub

म्यानमारमा सेनाले छाड्न थाले जागिर


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अहिले म्यानमारको सेनाले धेरै नै मानसिक तनाव भोगेको छ। सेनाविरुद्धमा देशमै सशस्त्र सङ्घर्ष चलेको छ। त्यत्ति मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमासमेत सैन्य सत्ताको व्यापक विरोध भएको छ। नव अधिकार हननको आरोप लागेको छ। यसै कारण उनीहरू अहिले मानसिक दबाबमा परेका छन्। धेरै सेना अहिले युद्ध नलड्ने पक्षमा छन्।

नयाँ व्यक्ति सेनामा आबद्ध हुन नै चाहँदैनन्। सरकारले सेनामा आबद्ध हुन दबाब दिएपछि युवाहरू विदेसिन थालेका छन्। त्यहाँको एक युवाले विरोधी सेनाको सहयोगमा देशको मिसा मागेर थाइल्यान्डको यात्रा गरेका थिए। १ सय जना भन्दा बढी युद्ध लड्न नचाहने सेनाहरू अहिले फेला परिसकेका छन्।

त्यसरी युद्ध गर्न नचाहने सेनाहरू फरक नाम सहित भूमिगत भइरहेका छन्। अहिले विद्रोही पक्षमा प्रभाव रहेको स्थानमा उनीहरूलाई सुरक्षित रूपले लुकाएर राखिएको छ। सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता लिएपछि १३ हजार सेना र प्रहरीले काम छाडिसकेको नेसनल युनिटी गभर्मेन्ट अफ म्यानमारले जनाएको छ। उनीहरूले जीवनको आर्थिक सुरक्षा भएमा धेरै जना सेनाले अझ छाड्न सक्ने जनाएका छन्।

यसरी सेनाबाट फुत्कनेमा १९ वर्षीय माउङ सेन सबै भन्दा कान्छा हुन्। उनी १५ वर्षको उमेरमा सेनामा आबद्ध भएका थिए। ‘म सेना भएकोमा गर्व गर्थे,’ उनले भने। उनी परिवारलाई सुख र शान्ति दिलाउन चाहन्थे। गर्वको महसुस गराउन पनि चाहन्थे। तर, जब म्यानमारमा प्रजातन्त्रको पक्षमा आन्दोलन हुन सुरु भयो, त्यस लगत्तै सेनाले पनि व्यापक दमन गर्यो। यसै दमनको प्रतिफल उनमा नैराश्य पैदा गरायो। आम मानिसले सैनिक पोसाकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि उनले पनि सेनाको जागिर छाडे।

उनले अनलाइनमा ‘कुकुर सेना’ भन्दै लेखिएको र ट्रोल बनाइएको पनि देखे। म्यानमारमा मानिसलाई अपमान गर्दा सबै भन्दा बढी जनावरसँग गर्ने गरिन्छ। त्यो घृणा देख्ने बित्तिकै उनलाई अत्यन्त दुःख जागेको थियो। उनी जस्ता सामान्य सिपाहीले माथिल्लो ओहदाको आदेश मान्नुबाहेक अन्य केही गर्न सक्दैन थिए। यसै कारण उनले धेरै प्रदर्शनकारीलाई गोली हानेका थिए। त्यत्ति मात्र होइन, त्यसपछि नै उनले सेना त्यागे। अहिले उनलाई म्यानमारमा सेना कमजोर भएको आभास भएको छ।

पिपुल्स डिफेन्स फोर्सेस (पीडीएफ)ले म्यानमारमा छोटो समयमा प्रभाव जमाएको छ। सेनाको प्रभावमा रहेका धेरै स्थानमा अहिले पीडीएफले आफ्नो पकड राख्दै आएको छ। यो क्रम बढ्दै गएमा केही समयमा सेनाको शक्ति ज्यादै कमजोर हुने अपेक्षा गरिएको छ।

यसअघि मगवाय डिभिजन र सगवाय डिभिजनको सेनालाई धेरै सक्रिय मानिन्थ्यो। त्यस क्षेत्रमा पछिल्ला पुस्ताका युवा भने सेनामा भन्दा बढी जनसेनमा आबद्ध हुन थालेका छन्। सेना छाड्नु भन्दा पहिले उनको टोलीलाई पीडीएफको प्रशिक्षण केन्द्रमा आक्रमण गरेर ध्वस्त बनाउन आदेश दिइएको थियो।

सेनाको त्यो आदेश काम लागेन। उनका सात साथीले ज्यान गुमाए। उनको विचारमा अहिले सेना भन्दा पीडीएफ रणनीतिक रूपले साँच्चै राम्रो छ। यस कारण पनि उनलाई सेनाको अघि पीडीएफ सधैँ बेकामी साबित हुनसक्ने ठहर छ।

पीडीएफ म्यानमारको जनतामा अत्यन्त लोकप्रिय छ। त्यसै लोकप्रियताका कारण उनीहरूलाई आम जनताले गुप्तचरकै रूपमा साथ दिने गरेका छन्। सेनाको हरेक आन्तरिक विषय आम मानिसबाट पीडीएफले थाहा पाउने गरेको छ।

१८ वर्ष हवाई सेनामा बिताएका क्याप्टेन जय थुङ अङले सन् २०२२ को फेब्रुअरीमा सेनाले सत्ता लिएपछि जनताको पक्षमा उभिने भन्दै जागिर छाडेका थिए। उनको अनुसार सेनाको शक्ति कमजोर भइरहेको छ। देशभर आफूलाई सक्रिय राख्न शक्तिको अभाव भइसकेको छ। यस कारण उनीहरू हवाई आक्रमणको योजना बनाउन थालेका छन्। यसै हवाई आक्रमणका कारण उनलाई दिक्दारी लागेको हो। आफन्त र आफू जस्तै म्यानमारका अन्य व्यक्ति बसेको स्थानमा आक्रमण गर्न उनको मन नै मानेन।

पछिल्लो समय आफूलाई हवाई आक्रमणलाई सक्रिय राखेको म्यानमारको सेनाले जनवरी महिना यता मात्र २०० भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमण साजीङको पाजी क्षेत्रमा भएको आक्रमण थियो। त्यसमा महिला र बालबालिका सहित १ सय ७० जनाको ज्यान गएको थियो।

अङकै विचारमा हवाई आक्रमण नगर्ने हो भने सैन्य सत्ता तत्काल नै ढल्न सक्छ। उनको परिवारले पनि कुनै समय हवाई सेनामा उनी भएकोमा गर्व गर्ने गरेको थियो। त्यो गर्व र सम्मान विस्तारै घृणामा परिणत हुँदै गएको उनको अनुभव छ। उनको विचारमा सेनामा आबद्ध सबै नराम्रा छैनन्। उनीहरू विवश छन्। आदेश मान्नुको विकल्प उनीहरूसँग छैन। उनको गणमा भने एक्लो मात्र जागिर छाड्न तयार भए। अन्य भने जागिर खाने बहनामा आफन्तहरूसँग लडी रहेकोमा उनलाई गुनासो छ।

म्यानमारका सेनाको सङ्ख्या कत्ति भन्ने नै यकिन छैन। धेरैले ३ लाख यो सो भन्दा कम भएको अनुमान गरेका छन्। जनसेनाले भने भिडियो गेमबाट पैसा जुटाउने गरेका छन्।
अङले जागिर छाड्नु भन्दा अघि रुसबाट सुकोसुु –३० नामको जेट म्यानमार आएको थियो।

एकै पटक ३ वटा जेट विमान आएका थिए। म्यानमारमा यस रुसी जेट विमान धेरै घातक ठहर हुने अङको मत छ। रुसले यस अघि पनि थुप्रै विमान थाइल्यान्डमा पठाएको हुन सक्ने अनुमान छ। म्यानमार पठाइएको जेटको क्षमता अहिले युक्रेनमा युद्ध गरिरहेको याक –१३० को भन्दा बढी भएको अङको मत छ। त्यस विमानको ग्यारेन्टी समय १ वर्षको छ। यी २ बिचको सम्झौता अनुसार २ रुसी सेना १ वर्षका लागि त्यहाँ रहने छन्।

यो जेट चलाउनका लागि ५० जना म्यानमारका सैनिक रुस पुगेका छन्। अहिले आएका २ विमान युद्धमा प्रयोग भने भएको छैन। यस्ता थप ४ विमान आउने छन्। यी ४ विमान नै आएपछि कुल ६ विमान मिलेर आक्रमण गर्ने योजना त्यहाँको सरकारको छ। त्यो नरसंहारमा सामेल हुनु भन्दा पहिले नै सेनाको जागिर छाड्नु उपयुक्त भएको अङको ठहर छ।
अहिले मस्कोको हतियार खरिद गर्ने क्रममा म्यानमार पहिलो देश भएको छ। संयुक्त राष्ट्र सङ्घका विदेश प्रतिनिधिले दिएको जानकारी अनुसार त्यहाँ सैन्य सत्ता स्थापना भए यता म्यानमारमा रुसबाट ४ सय मिलियन डलर बराबरको हतियार पुगेको छ।

अहिले म्यानमारमा नागरिकमाथि हमला गर्नु हुँदैन भन्ने मान्यताले धेरै जनाले सेनाको जागिर छाडेका छन्। उता, रुसले भने नरसंहार गर्ने ढङ्गको सहयोग गरी रहेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : २२ बजे

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी

मस्को– युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्