बलात्कार अभियोगमा अमेरिकी अभिनेता ड्यानीलाई ३० वर्षको जेल सजाय  | Khabarhub Khabarhub

बलात्कार अभियोगमा अमेरिकी अभिनेता ड्यानीलाई ३० वर्षको जेल सजाय 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस– अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथि बलात्कार गरेको पुष्टि भएको छ ।  लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि जेल सजाय तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाइको क्रममा बलात्कारका तीनवटा मुद्दा मध्ये दुईवटामा दोषी पाइएको हो । उनलाई सो अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसलासँगै उनलाई हतकडी लगाएर नियन्त्रणमा लिइएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जुरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’ 

दि सेभेन्टि शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्वीकार गरेका छन् ।

अदालतको फैसलासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ ।  

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : १४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः