बलात्कार अभियोगमा अमेरिकी अभिनेता ड्यानीलाई ३० वर्षको जेल सजाय  « Khabarhub

बलात्कार अभियोगमा अमेरिकी अभिनेता ड्यानीलाई ३० वर्षको जेल सजाय 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस– अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथि बलात्कार गरेको पुष्टि भएको छ ।  लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि जेल सजाय तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाइको क्रममा बलात्कारका तीनवटा मुद्दा मध्ये दुईवटामा दोषी पाइएको हो । उनलाई सो अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसलासँगै उनलाई हतकडी लगाएर नियन्त्रणमा लिइएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जुरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’ 

दि सेभेन्टि शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्वीकार गरेका छन् ।

अदालतको फैसलासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ ।  

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : १४ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले