अस्ट्रेलियामा फेला पर्‍यो सबैभन्दा पुरानो हड्डी « Khabarhub

अस्ट्रेलियामा फेला पर्‍यो सबैभन्दा पुरानो हड्डी


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको दाबी गरिएको छ।

बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको उल्लेख गरिएको छ। जुन सरिसृप अस्ट्रेलियाको आकाशमा  १ सय ७० मिलियन वर्ष पहिले उड्ने गरेको थियो।

अस्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूको परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरू यस्तो निष्कर्षमा पुगेका हुन्।

बुधवार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमुनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो। यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेको थियो।

मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अस्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ०९ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा