भ्याट फिर्ता गर्न नाट्टाको माग « Khabarhub

भ्याट फिर्ता गर्न नाट्टाको माग


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको टिकट फिर्ता गर्न माग गरेका हुन्। “विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ,” अध्यक्ष थापाले भने।

नाट्टाले कोरोना महामारीपछि तङ्ग्रीदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महङ्गो रहेको अवस्थामा भ्याट थप्दा भाडादर झनै महङ्गो पर्ने र यात्रुले खरीद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ। पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ।

बजेटले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु गलत भएको अध्यक्ष थापाको भनाइ छ। नाट्टाले सन् २०२३ देखि २०३२ लाई पर्यटन भ्रमण दशकका रुपमा मनाउने निर्णय बजेटमार्फत गरिनु सकारात्मक पक्ष भएको जनाएको छ। निजगढ विमानस्थल निर्माण गर्ने, अन्य विमानस्थलको स्तरोन्नती गर्ने, सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने, नयाँ गन्तव्यस्थलको पहिचान र पूर्वाधार विकास गरिनु सकारात्मक भएको अध्यक्ष थापाले बताए।

गत आर्थिक वर्षको तुलानामा आव २०८०/८१ का लागि पर्यटन क्षेत्रमा रु दुई अर्ब ५० करोडभन्दा बढी रकम थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुसीको कुरा भएको नाट्टाले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १२ : २३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा