तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई « Khabarhub

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । नेपालले तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो । 

सम्झौतापत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ । यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने लक्ष्य  लिएको जानकारी दिए । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  २ : ३९ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज