नयाँ संसद् भवनको निर्माणलाई तीव्रता दिन सभामुखको निर्देशन « Khabarhub

नयाँ संसद् भवनको निर्माणलाई तीव्रता दिन सभामुखको निर्देशन


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवनको निर्माणको गति बढाउन निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको स्थलगत निरीक्षण गर्दै सभामुख घिमिरेले निर्माणको गति निकै सुस्त भएको र यसले थप भार पर्न जाने भन्दै निर्माणको गति बढाउन निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा निर्माण पक्षले नयाँ संसद् भवनको ६३ प्रतिशत काम सकिएको जानकारी गराएको थियो ।

सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माणको काम हुन नसकेको भन्दै निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिए । उनले संसद् भवन निर्माणका क्रममा केही समस्या देखिए संसद् सचिवालय र आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले आफूले संसद् भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा फलोअप गर्ने बताए ।

सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद् भवन निर्माण भइरहेको छ । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ४ : २१ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट