नयाँ संसद् भवनको निर्माणलाई तीव्रता दिन सभामुखको निर्देशन « Khabarhub

नयाँ संसद् भवनको निर्माणलाई तीव्रता दिन सभामुखको निर्देशन


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवनको निर्माणको गति बढाउन निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको स्थलगत निरीक्षण गर्दै सभामुख घिमिरेले निर्माणको गति निकै सुस्त भएको र यसले थप भार पर्न जाने भन्दै निर्माणको गति बढाउन निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा निर्माण पक्षले नयाँ संसद् भवनको ६३ प्रतिशत काम सकिएको जानकारी गराएको थियो ।

सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माणको काम हुन नसकेको भन्दै निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिए । उनले संसद् भवन निर्माणका क्रममा केही समस्या देखिए संसद् सचिवालय र आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले आफूले संसद् भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा फलोअप गर्ने बताए ।

सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद् भवन निर्माण भइरहेको छ । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ४ : २१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको