सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण « Khabarhub

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्व र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा. श्रेष्ठले जानकारी दिएका छन् ।

दाङ जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीया आशा सुनारले आधा कलेजो दान गरेका थिए । कलेजो ग्रहणकर्ता र कलेजोदाता दुवै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुसी भएको बताए । कलेजोदाताले आफूले पूर्ण स्वस्थ्य लाभ गरेपछि सम्पूर्ण अङ्ग मृत्युपश्चात् दान दिन इच्छा व्यक्त गरे।

कलेजो प्रत्यारोपणमा सर्जन डा रोशन घिमिरे, डा सपना बर्मा, डा ललितकुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रश्मित श्रेष्ठ र डा शिवसुन्दर संलग्न थिए ।

मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हालसम्म आठ जनामा जीवित दाताबाट र तीन जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका निर्देशक डा श्रेष्ठले जानकारी दिए। यस केन्द्रमा १० वर्षको अवधिमा एक हजार ६६ जनाको मिर्गौला प्रत्यारोपणसमेत गरिएको उनले बताए । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ५८ बजे

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने

काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

काठमाडौं– सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक

‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको

कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो

काठमाडौं- कोरोना भाइरसको महामारीको स्मरण ताजै रहेका बेला अफ्रिकामा इबोला

महिला क्रिकेट टोलीको बिदाई 

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट