गर्मी बढेसँगै विद्यालय बन्द « Khabarhub

गर्मी बढेसँगै विद्यालय बन्द


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिरहा – केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो । अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै मिति यही जेठ १९ गते शुक्रबारदेखि जेठ २६ गते शुक्रबारसम्मका लागि नगरपालिकाअन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयका पठनपाठन बन्द गरिएको हो ।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

गर्मी यथावत रहिरहे आइतबारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिनुभयो । सिरहामा जम्मा १७ वटा स्थानीय पालिका रहेका छन् ।

विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको लहानको बिहीबारको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : २३ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु