सुदूरपश्चिम प्रदेशसभा : गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभाका सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरिष्दले केही महिनाअघि गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरे पनि यसविपरीत सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा उक्त कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा आएको भन्दै आपत्ति जनाए ।

सदस्यले मल बीउबिजनको समयमै व्यवस्थापन गर्न, कारागारको क्षमता बढाउन, मुक्तकमैयाको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । शून्य समयमा प्रकाश बम, अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी, धर्मराज पाठकले आफ्ना धारणा राखेका थिए । बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ४३ बजे

काठमाडौंको खुलामञ्च पुनर्जागरण अन्तिम चरणमा

काठमाडौं– काठमाडौंको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

तानसेन– विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली– जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क)

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि