संगीत साधनामा रिस, आवेग, लोभ र मोह त्याग्नुपर्छ « Khabarhub

संगीत साधनामा रिस, आवेग, लोभ र मोह त्याग्नुपर्छ


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

शिशिर योगी नेपाली साङ्गीतिक फाँटमा एउटा छुट्टै पहिचान बनाएका व्यक्तित्व हुनुहुन्छ । जो देश प्रेम र समाज प्रेम र छुट्टै प्रकारको साङ्गीतिक तरङ्ग उत्पन्न हुने गीत सङ्गीत लिएर नेपाली समाजमा स्थापित हुनुहुन्छ। नेपाली गीत संगीत र गायन यात्राको विषयमा गायक एवम् सङ्गीतकार शिशिर योगीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

एउटा सर्जकले जीवनमा कतिबेला उपलब्धि प्राप्त गर्छ ?
जतिबेला जीवन सार्थक भएको महसुस हुन्छ। जीवन आफ्नो लागि मात्र नभएर समाजको लागि पनि केही गरेको जस्तो लाग्छ। जसले आत्मसन्तुष्टि प्राप्त हुन्छ। सबैको मायाले ऊर्जा मिल्छ त्यही बेला सर्जकले उपलब्धि प्राप्त गर्छ।

सङ्गीतमा कस्तो शक्ति हुनेरहेछ जसले गर्दा सफलता दिने रहेछ ?
हाम्रो ब्रह्माण्डमा सबै भन्दा पहिला ध्वनीको कुरा आउँछ। त्यो ध्वनीबाट निस्केको सङ्गीत हो। ध्वनी यति शक्तिशाली छ कि त्यहीबाट संगीत हुन्छ। म बोल्दै गर्दा पनि ध्वनी छ। त्यसमा संगीत मिसिन्छ। सङ्गीतमा सात वटा कर्ण मिसिएर आउनाले त्यो सुनेर आँखाबाट आँसु बग्छ, आड सिरिङसिरिङ हुन्छ। त्यसैले मानव जीवन कल्याणलाई संगीतको प्रयोग गर्नुपर्छ। संगीतलाई सत्कार्यमा अगाडि बढाउन सकिन्छ। मानव कल्याणका लागि संगीतलाई प्रयोग गर्न सकिन्छ।

पुराना कथामा पनि स्वर्गमा सङ्गीत छ भनिन्छ। त्यो बेलाको सङ्गीत र अहिलेको परिष्कृत सङ्गीत छ। स्वरमा माझ्ने भनेको के हो ?
संसारमा धेरै थरीका मान्छे छन्। हरेकको अनुहार फरक छ। स्वर त एउटै छ। औंठाछाप पनि फरक हुन्छ। तर यहाँ त अरूको कपी गर्ने मात्र छन्। अरूको के छ त्यस्तो म पनि बनाउँछु भन्ने मात्र छन्। यहाँ लोभ भयो।
त्यसको लागि आफू भित्र पसेर म को हुँ। मेरो पहिचान के हो ? म भित्र के छ ? त्यो ठिक मार्ग दर्शन गर्दिन सक्ने गुरु चाहिन्छ। जस्तो मैले अम्बर गुरुङ भेटेँ। अम्बर गुरुङ जस्तो असल गुरु भेटेर म शिशिर योगी बनेको हुँ। त्यसैले माझ्ने भनेको हरेक प्रकारको भाडालाई चम्काउनु नै त्यसको पहिचान हो।

‘संगीत त रेटे पनि’ भन्ने गीत गायनको त्यो क्षण कस्तो थियो ?
मैले राष्ट्र कवि माधवप्रसाद घिमिरेको पुस्तक किन्नर किन्नरीबाट छानेर तीन ओटा गीतहरू निकालेँ । उहाँको घरमा नै गएर मैले उहाँलाई नै सुनाएर ‘सारङ्गी त रेटे पनि, माटै र छोऊ भइदिन्छ फूल, छुवाछुत विरुद्धमालगायतका गीतहरू रेकर्ड गरेँ।

तपाईंको गीतमा भावना जोडिएको जस्तो देखिन्छ ?
हरेक गीतले मलाई पछ्याउँछन् र म पनि त्यसलाई पछ्याउँछु। मेरो सौभाग्य हो, गीतले मलाई पछ्याउँछ। मेरो गुरुले मलाई यसरी गाउनु भनेर मार्गदर्शन गर्नुभएको छ। पहिला गाउने होइन पहिला गायनभित्र अर्थात् गीतभित्र प्रवेश गर भनेर अम्बर गुरुङले मार्गदर्शन गर्नुभयो। म त्यही बाटोमा हिँडेको छु।

नयाँ पुस्तासँग तपाईंको गीत भिड्दा कस्तो लाग्छ ?
मलाई आनन्द लाग्छ। किनभने सबैले क्षमता अनुसार दिने हो। आफ्नो संस्कार दिने हो। म पुस्तकहरू खोजीखोजी पढ्छु। गीत भित्र पस्ने क्षमता बढोस् भनेर म साहित्य पढ्छु। अध्ययनले गीतलाई अभिव्यक्त गर्न सक्ने आधार तयार हुन्छ। साधनाले आवाज निकाल्छ। अध्ययन र साधना अत्यन्तै आवश्यक छ। मनमा छलकपट हुनु हुँदैन। सेतो कागजमा एउटा कालो थोपा देखियो भने दृष्टि त्यही पुग्छ। त्यसैले हामीले सफा मनले काम गर्नुपर्छ।

कवि सरुभक्तको गीतको चर्चा गरौँ न हिउँको डल्लाले हानेर जिस्किने हे मैच्याङ, यो सङ्गीतमा जे पनि हुने रहेछ ?
त्यसमा युवा युवतीको प्रेम छ। डाहा गरिरहेको छ तर डाहा लागेको छैन भन्दा कसैसँग नजिस्किदेऊ न मलाई डाहा हुन्छ भन्छ। एकदमै मर्मस्पर्शी गीत छ। यो गीत मैले खुसीका साथ गाउँनका लागि लिएको हुँ। मेरो स्वर सुन्दा सरूभक्त खुसी भएर मैले सोचेको जस्तै गरी यो गीतले न्याय पायो भन्नु भएको थियो।

संगीत साधनामा संलग्न हुने विषय के रहेछन् ?
रिस, आवेग, ईष्या, लोभ, मोह त्याग्नुपर्छ। त्योबाट मुक्त हुन पहिला आफू भित्र पस्नुपर्छ। आफ्नो कर्तव्य, कर्तव्य बोध र कर्ममा पसेर आफूले हिजो के गरेँ, आज के गर्छु भनेर आफू प्रष्ट हुनुपर्छ। त्यसपछि मात्र साधनामा छिर्न सकिन्छ।

संगीतको समय कस्तो हुने रहेछ ?
आत्मरञ्जन र मनोरञ्जन दुवै प्रकारका सङ्गीतहरू हुन्छन्। मनोरञ्जन भनेको केही समयको लागि हो। जुन सुनेर मनोरञ्जन लियो सकियो। तर आत्मरञ्जन भनेको सार्थक सङ्गीत हो। त्यो सधैंलाई हुन्छ जो मनको गहिराइमा पुग्छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ४९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको