ओबामाको घरनजिकै विष्फोटक पदार्थसहित एक जना पक्राउ « Khabarhub

ओबामाको घरनजिकै विष्फोटक पदार्थसहित एक जना पक्राउ


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

न्युर्योक- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निवासनजिक विष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन डीसीस्थित घरनजिकै पक्राउ गरेकाेबारे हालै जानकारी सार्वजनिक भएको हो ।

सीबीएस न्युजका अनुसार सुरक्षाकर्मीहरुले टारान्टोलाई ओबामाको घरनजिकै शंकास्पद अवस्थामा फेला पारेका थिए । पछि सुरक्षाकर्मीले उनलाई पछ्याउन थाले । टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नु अघि नै उनलाई पक्राउ गरियो ।

गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान त्यहाँ नजिकै पार्क गरिएको भेट्टाए । उक्त भ्यानमा धेरै हतियार र सामग्रीहरू रहेको बताइएको छ  ।

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्ति विरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।

खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पूर्जी पनि जारी गरिएको छ ।

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखियो ।

महानगरीय प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा हाल फरार रहेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ०१ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय