संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा : अध्यक्ष नेपाल « Khabarhub

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा : अध्यक्ष नेपाल


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन् ।

नेपाल नेवाः राष्ट्रिय सङ्घ समाजवादीको प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताए । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको दाबी छ ।

अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारे । परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले संविधानबारे बिमति राख्ने शक्ति पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले मोर्चाको आगामी कार्यदिशा र कार्यक्रम तय गर्न बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । देशमा सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उनले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : ५१ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र