प्रथम महिला हाफ म्याराथनको उपाधि राममाय बुढालाई | Khabarhub Khabarhub

प्रथम महिला हाफ म्याराथनको उपाधि राममाय बुढालाई


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा काठमाडौं शनिबार भएको दौडको २१ किलोमिटर दुरी उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा पार गरिन् । हल्चोकको रंगशालाबाट सुरु भएको दौड स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्ड पुगेर पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा दौड पूरा गरेर दोस्रो र त्रिभुवन आर्मीकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो भइन् ।

विजेता राममाया बुढाले १ लाख रुपैयाँ जित्दा बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ हात पारिन् । १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरीले पाँचौं भइन् । उनीहरुले क्रमशः २५ र १५ हजार रुपैयाँ जितेका छन् ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : १७ बजे

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा

बङ्गलादेशमा युनुसको नेतृत्वमा चुनाव गर्न चुनौती

ढाका- विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश

जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ

भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा

चितुवाले आक्रमण गर्दा एक जनाको मृत्यु

नेपालगञ्ज– यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली– कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेन-जी प्रदर्शनका क्रममा भएका