चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्यो : महामन्त्री थापा | Khabarhub Khabarhub

चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्यो : महामन्त्री थापा


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

थापाले चुनावपछिको गठबन्धन स्वभाविक भएपनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा राखे ।

थापाले स्थानीय लगाएत सवै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धीत भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए । उनले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सहि निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गरे ।

उनले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गरे ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ३३ बजे

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप