वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न असफल « Khabarhub

वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न असफल


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। वेस्ट इण्डिजका लागि जेसन होल्डरले ४५, रोमेरियो सेपार्डले ३६ तथा केभिन सिन्केल्यरले १० रन बनाएका थिए स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३ विकेट, क्रिस सोल, मार्क वाट र क्रिस ग्रिभ्सले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । स्कटल्याण्डका लागि म्याथ्यु क्रसले ७४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले ६९ तथा जर्ज मुन्सले १८ रन बनाए। बलिङतर्फ वेस्टइण्डिजका जेसन होल्डर, रोमेरियो सेपार्ड र अकिल हुसैनले समान १ विकेट लिए।

जितसँगै स्कटल्याण्डले शीर्ष दुईमा पुग्ने सम्भावना कायम राखेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : २७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको