वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न असफल « Khabarhub

वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न असफल


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। वेस्ट इण्डिजका लागि जेसन होल्डरले ४५, रोमेरियो सेपार्डले ३६ तथा केभिन सिन्केल्यरले १० रन बनाएका थिए स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३ विकेट, क्रिस सोल, मार्क वाट र क्रिस ग्रिभ्सले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । स्कटल्याण्डका लागि म्याथ्यु क्रसले ७४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले ६९ तथा जर्ज मुन्सले १८ रन बनाए। बलिङतर्फ वेस्टइण्डिजका जेसन होल्डर, रोमेरियो सेपार्ड र अकिल हुसैनले समान १ विकेट लिए।

जितसँगै स्कटल्याण्डले शीर्ष दुईमा पुग्ने सम्भावना कायम राखेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : २७ बजे

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन