संसद विकास कोषविरुद्धको रिटमा आज पेसी | Khabarhub Khabarhub

संसद विकास कोषविरुद्धको रिटमा आज पेसी


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बजेट मार्फत ब्युँताएको स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम (सांसद विकास कोष) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजका लागि पेसी तोकिएको छ ।

सांसद विकास कोषको औचित्यमा सरकारको जवाफ मागेको इजलासले अन्तरिम आदेशका लागि आज पेसी तोकेको हो ।

अन्तरिम आदेशको छलफलका लागि आज दुवै पक्षलाई डाकिएको छ । अब दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नेछ । यसअघि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमविरुद्धको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।

अधिवक्ता सागर बराल, सौगातराज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

सरकारले राज्यकोषबाट छुट्याएको यो रकम संविधानको मर्म र भावना विपरीत भएकाले रिटमा खारेजीको माग गरिएको छ। रिटमा सरकारको निर्णय विभेदकारी र स्वेच्छाचारी भएको जिकिर गरिएको छ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले एउटा निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ वितरण हुने व्यवस्था गरेको छ। सांसदहरूले विकासका नाममा खर्च गर्न पाउने यो रकमको चरम दुरुपयोग भएको भन्दै आलोचना भएपछि दुई वर्षअघि खारेज गरिएको थियो।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ०८ बजे

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

काठमाडौंं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिदबिक्रीमा

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले

‘जिगर’ मा आलियाको एक्सन भूमिका

काठमाडौं – कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौैं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा