पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’ « Khabarhub

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको शुभारम्भ गर्दै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप विशिष्टिकृत र व्यावसायिक दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताए । विश्समुदाय नेपाली संस्कृतिको ‘अतिथि देवो भवः’ भन्ने मान्यताले एक फरक एवं विशिष्पहिचान छाडेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीले कार्यक्षेत्रमा प्रतिबद्ध रहन अत्यन्त हौसला पुग्ने विश्वास व्यक्त गरे । सीमित स्रोत र साधनका बाबजुद पनि पर्यटकको सुरक्षामा पर्यटक प्रहरीले विशेष भूमिका खेलेको उनको भनाइ थियो ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको विशेष योगदान रहेको र पर्यटक प्रहरी त्यस क्षेत्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गरे ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका ट्राभल एन्ड रिसर्च विभागका प्रमुख अजयकुमार ढकालले उक्त तालिम पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा एक कोशेढुङ्गाको रूपमा स्थापित भएको बताए ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तालिमबाट पर्यटक प्रहरीको कार्यदक्षतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षणमा प्रहरी सहायक निरीक्षक चार, प्रहरी हवल्दार पाँच, प्रहरी सहायक हवल्दार सात र प्रहरी जवान १४ गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ५५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले