बालुवाटार अगाडि उपकरण तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन « Khabarhub

बालुवाटार अगाडि उपकरण तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण व्यवसायीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । निर्माण उपकरण तेर्स्याएर व्यवसायीले प्रधानमन्त्रीको सरकारी निवास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न ९ बुँदे माग राख्दै उनीहरुले निर्माण कार्यको भुक्तानी समयमै हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

अत्यधिक रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभइ काम हुन नसक्ने रुग्ण आयोजनाहरु एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने व्यवसायीको माग छ ।

उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन,नियम व्यवसायीमैत्री हुनुपर्ने उनीहरुको माग छ । यसअघि सोमबार पनि उनीहरूले बालुवाटारमा विरोध प्रर्दशन गरेका थिए।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ३५ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय