सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसतभन्दा कम कारोबार रकम हो । 

मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमबार सम्हालिएको थियो । तर, यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिकरुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दुभन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ ।

यस दिन २६२ कम्पनीको ६० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ७४ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : ४० बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि