राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा « Khabarhub

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप-२८)मा निमन्त्रणा गरिएको छ । 

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेका राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले राससलाई जानकारी दिए।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ४ : ४२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र