युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय « Khabarhub

युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्ध क्षेत्रमा जाँदा आइपर्ने जोखिमप्रति पनि सचेत गराएको छ । पछिल्लो समय युक्रेनमा जारी युद्धमा नेपालीहरु रुसको भाडाका सैनिक भर्ती गर्ने वाग्नर समूहमा भर्ना भएको भन्ने भिडियो तथा तस्वीरहरु टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला परराष्ट्र मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

युद्धग्रस्त क्षेत्रमा जाँदा केही विपत् आइपरे उद्धारमा हुने कठिनाइप्रति पनि मन्त्रालयले सजग हुन अनुरोध गरेको छ ।

मन्त्रालयको विज्ञप्तिमा परम्परागत सम्झौताअन्तर्गत केही मित्रराष्ट्रका राष्ट्रिय सेनामा नेपाली भर्ना हुने अनुमति सरकारले दिए पनि त्यसबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नभएको उल्लेख छ ।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएको बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ४६ बजे

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो