पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी | Khabarhub Khabarhub

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- इस्लामिक स्टेट आईएसले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ ।

खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको स्थानमा एक जना आत्मघाती आक्रमणकारीले आफूले लगाएको बारुदको ज्याकेट विष्फोट गराएको थियो ।

सोमबार एक विज्ञप्ति निकालेर आईएसले आक्रमणको जिम्मेवारी लिएको हो । उक्त समूहले धार्मिक नेताहरूलाई आक्रमणको निशान बनाउने चेतावनी दिँदै आएको थियो । गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता छिमेकी पाकिस्तानमा हिंसाका घटना बढेका छन् । इस्लामावाले त्यसमा काबुलको संलग्नता रहेको आरोप लगाएको छभने अफगानिस्तानले त्यसको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : ०८ बजे

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

सिरहा – सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २९,

अहिलेको व्यवस्थाभित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्छौ : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलद्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो

ललितपुर र पोखरा रोकिए गोलरहित बराबरीमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनएसएल)मा ललितपुर सिटी एफसी र