स्थानीयको आवतजावतका लागि तातोपानी नाका खुला « Khabarhub

स्थानीयको आवतजावतका लागि तातोपानी नाका खुला


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुला भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुलेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यसअघि मानिसको आवतजावत खुल्न नसकेकोमा आजदेखि स्थानीयको आवागमन खुला  भएको  बताए ।

उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : २१ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका