महिला टी–ट्वान्टी : नेपालले आज बहराइनसँग खेल्दै « Khabarhub

महिला टी–ट्वान्टी : नेपालले आज बहराइनसँग खेल्दै


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे क्वालालम्पुरमा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ । 

नेपालभन्दा बहराइन तुलनात्मकरूपमा कमजोर टिम हो । आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । 

यस्तै, पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा रहने छ ।

नेपालले आगामी आइतबार भुटान, मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ । 

प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । 

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : २० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका