विद्युत विधेयक छिटै संसदमा पेश गरिन्छ : मन्त्री बस्नेत « Khabarhub

विद्युत विधेयक छिटै संसदमा पेश गरिन्छ : मन्त्री बस्नेत


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि  विद्युत  विधेयक छिटै संसदमा पेश गरिने बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिटै  विद्युत विधेयक पेश गर्ने र अहिलेको अधिवेशनबाट नै टुङ्गाउने बताए ।

 विद्युत विधेयकले ऐनको रूप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको वृद्धिदेखि प्रसारणलाइको बिस्तारका साथै बितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनले बताए ।

उनले मुलुक इलेक्ट्रिक भेइकल(इभि)को युगमा प्रवेश गरेको भन्दै सहज रुपमा चार्जिङ गर्न सबै रुपमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना गरेको बताए । ऊर्जा उत्पादन बढ्दै जादा यसको खपत बढाउनका लागि इभिका प्रोत्साहन गरिने उनको भनाइ छ । 

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएसन अफ नेपालले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो । 

भाद्र १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सबलीकरण गर्ने रहेको आयोजकले जनाएको छ । 

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि स्टल रहेका छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ४९ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल