त्रिदिवसीय ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ सुरु | Khabarhub Khabarhub

त्रिदिवसीय ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ सुरु


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– यशस्वी प्रज्ञा–प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरस्थित हिमालय होटलमा सुरु भएको छ । भदौ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले साउथ एसियामा संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘यो महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रा लागि सुखद पक्ष हो, काठमाडौँसँग बनारसको संस्कृति, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरुक्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ, किनकि हामी संस्कृति र भाषाका कारण एकअर्कासँग जोडिएका छौँ, हाम्रो समानता संस्कृत भाषा हो ।’

उनले विभिन्न देशबाट नेपाल आएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन आग्रह गरे । काठमाडौँ केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा–प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनले भने, ‘यो महोत्सव दक्षिण एशियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो । पहिलो संस्करण झैँ दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिबिम्बित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौँ ।’

उनले मन र मस्तिष्क खोलेर साहित्यमा हराउन आग्रह गर्दै प्रेरणा, प्रज्ञा र उत्सुकताले भरिएको तीनदिने महोत्सव स्मरणीय हुने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा ‘यशस्वी साहित्य सम्मान’ बाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई सम्मानको घोषणा गरिएको थियो । अभिनेत्री कोइराला भने कार्यक्रममा अनुपस्थित थिए। 

यसै वर्षबाट सुरु गरिएको ‘यशस्वी पुस्तक पुरस्कार’ बाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐँठन), सिर्जनात्मक गैर आख्यानतर्फ डाक्टर नवराज केसी (शुन्यको मूल्य), कथातर्फ रेनुका जिसी (सनेश), कवितातर्फ डाक्टर महेद्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अङ्ग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड) लाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रमको उद्घाटन समारोहमा केएलएफका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान कुलपति निशा शर्मा, प्राध्यापक माधवप्रसाद पोखरेल, डाक्टर विवेक देवरोयलगायत उपस्थित थिए । यस महोत्सवमा नेपालसहित भारत, भूटान, बङ्गलादेश र श्रीलंकाका लेखक तथा कलाकार भेला भएका छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ५७ बजे

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार