नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो « Khabarhub

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ । 

युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी हो भने उक्त देशका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले रुसको विशेष सैन्य कारवाहीलाई समर्थन गरेका छन् । 

तेहरानले लामो समयदेखि आफ्नो मानवअधिकारको अवस्थालाई लिएर अन्तरराष्ट्रिय जगत्बाट आलोचनाको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घले त्यहाँको सरकारले गत वर्षको विरोध प्रदर्शनमा मानवता विरुद्धको अपराध गरेको हुन सक्ने बताएको छ

 प्रत्येक वर्ष स्विडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारका  छ वटामध्ये पाँच वटा समारोह स्टकहोममा आयोजना हुने गरेका छन भने नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ । 

फाउन्डेसनले नोबेल पुरस्कारको मूल्य–मान्यता नमान्नेहरूलाई पनि समावेश गर्न खोजेको जनाएको छ । अध्यागमन विरोधी स्विडेन डेमोक्र्याट पार्टीका नेता जिमी अक्सनलाई पनि यस वर्ष पहिलो पटक आमन्त्रित गरिएको तर उनले आफू त्यहाँ उपस्थित नहुने बताएका छन् । 

फाउन्डेसनका कार्यकारी निर्देशक विदार हेल्गेसनले विश्वमा विभाजन बढ्दै गएको तथा क्षेत्रहरूमा विभाजित भइरहेको छ, जहाँ फरक विचारधारा भएकाहरूबीच संवाद पनि कम हुँदै गएकाले सबैलाई समेट्ने प्रयास गरिएको बताएका छन् । 

‘यो प्रवृत्तिलाई रोक्न हामीले नोबेल पुरस्कारसँग स्वतन्त्र विज्ञान, स्वतन्त्र संस्कृति र स्वतन्त्र एवं शान्त समाजको महत्वलाई बुझाउन निमन्त्रणाको दायरालाई फराक पारेका छौँ,’ हेल्गेसनले भनेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ३० बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती